प्रधान पूजाहारी र उनका सदुकी साथीहरूले प्रेरितहरूको ज्यादै डाह गर्न लागे। प्रेरितहरूलाई पक्रेर झ्यालखानमा थुनिदिए। तर त्यो रात परमेश्वरको एउटा स्वर्गदूतले झ्यालखानको ढोका खोलेर प्रेरितहरूलाई बाहिर ल्याए। स्वर्गदूतले तिनीहरूलाई भने, “अब गएर मन्दिरमा उभिएर मानिसहरूलाई यो नयाँ जीवनको बारेमा बताइदेओ।” उनले भनेको मानेर तिनीहरू बिहानै मन्दिरमा गएर मानिसहरूलाई सिकाउन लागे। प्रधान पूजाहारी र तिनका साथीहरूले इस्राएलीहरूका सबै अगुवाहरूलाई महासभामा बोलाए। त्यसपछि तिनीहरूले कैदीहरूलाई ल्याउन आज्ञा दिए। तर सिपाहीहरूले झ्यालखानमा आएर हेर्दा त प्रेरितहरू थिएनन्। त्यसो हुँदा तिनीहरूले फर्केर यो खबर दिए, “झ्यालखान त राम्रोसँग नै बन्द गरिएको थियो। पालेहरू ढोकामा पहरा दिइरहेका थिए। तर ढोका खोल्दा त भित्र कोही पनि रहेनछन्।” यो सुनेर मन्दिरका सिपाहीहरूको कप्तान र मुख्य पूजाहारीहरू छक्क परे। तिनीहरूले के हुँदै छ भनेर सोच्नै सकेनन्। त्यति नै बेला एउटा मानिस आएर तिनीहरूलाई भने, “सुन्नुहोस्, तपाईंहरूले कैद गर्नुभएका मानिसहरू त मन्दिरमा उभिएर शिक्षा दिँदै छन्।” यस्तो सुनेर कप्तान र सिपाहीहरू प्रेरितहरूलाई लिन गए। मानिसहरूले ढुङ्गाले हानेर मार्लान् भन्ने डरले तिनीहरूलाई जबरजस्ती नगरीकन फर्काएर ल्याए।
प्रेरित 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 5:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू