YouVersion लोगो
खोज आइकन

प्रेरित 4:31-35

प्रेरित 4:31-35 सरल नेपाली

यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्‍लियो। तिनीहरू सबै पवित्र आत्‍माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन नडराइ सुनाउन थाले। प्रभुमा विश्‍वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्‍दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्‍झन्‍थे। प्रभु येशू मरेकोबाट बिउँतनुभएको छ भनी प्रेरितहरूले ठूलो शक्ति पाएर गवाही दिन्‍थे र परमेश्‍वरले तिनीहरू सबैमाथि दया गरेर प्रशस्‍त आशिष् खन्‍याउनुहुन्‍थ्‍यो। तिनीहरूमा कसैलाई केही कुराको खाँचो थिएन। खेत वा घरबारी हुनेहरूले बेचेर त्‍यसबाट आएको पैसा प्रेरितहरूकहाँ ल्‍याउँथे अनि तिनीहरूले आवश्‍यकताअनुसार त्‍यो पैसा बाँड्थे।

प्रेरित 4 पढ्नुहोस्

Video for प्रेरित 4:31-35