YouVersion लोगो
खोज आइकन

प्रेरित 3:2-8

प्रेरित 3:2-8 सरल नेपाली

मन्‍दिरको चोकमा पस्‍ने सुन्‍दर भन्‍ने ढोकामा एउटा जन्‍मैदेखिको लङ्गडो बस्‍दथ्‍यो। मानिसहरूले उसलाई दिनदिनै बोकेर त्‍यहीँ ल्‍याउँथे। उसले मन्‍दिरमा आउने-जाने मानिसहरूसँग भिख माग्‍ने गर्थ्‍यो। पत्रुस र यूहन्‍नालाई मन्‍दिरमा जाँदैगरेको देखेर उसले उनीहरूसँग पनि भिख माग्‍यो। उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्‌!” यो सुनेर उसले केही पाउँछु कि भन्‍ने आशा लिएर हेर्‍यो। पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्‍यही म तिमीलाई दिन्‍छु। नासरतको येशू ख्रीष्‍टको नाउँमा उठेर हिँडिहाल्।” यसो भनेर उनले त्‍यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्‍यति नै खेर त्‍यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्‍न लाग्‍यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्‍वरको स्‍तुति प्रशंसा गर्दै उनीहरूसँग मन्‍दिरभित्र पस्‍यो।

प्रेरित 3 पढ्नुहोस्

Video for प्रेरित 3:2-8

प्रेरित 3:2-8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति