त्यसपछि उनीहरूले पावलका कुरा सुन्नलाई दिन तोके। तोकेको दिनमा पहिलो पटकभन्दा धेरै यहूदीहरू भेला भएर पावलको डेरामा आए। त्यस दिन पावलले बिहानदेखि बेलुकासम्म परमेश्वरको राज्यको बारेमा शिक्षा दिए। धर्मशास्त्रमा मोशा र अगमवक्ताहरूले लेखेका कुरा लिएर उनले येशूको बारेमा बुझाउँदै तिनीहरूलाई विश्वासमा ल्याउने कोसिस गरे। कति जनाले चाहिँ उनका कुरा बुझेर विश्वास गरे तर कतिले चाहिँ विश्वास गरेनन्।
प्रेरित 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 28:23-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू