हामी तीन महिनापछि जुम्ल्याहा देवता भन्ने पानीजहाजमा चढी माल्टा टापुलाई छोडेर गयौं। त्यो जहाजचाहिँ अलेक्जेन्ड्रिया सहरबाट आएर जाडो मौसमभरि माल्टा टापुमै पर्खिरहेको रहेछ। हामी सुराकुसाई भन्ने सहर पुगेर त्यहाँ तीन दिनसम्म बस्यौं। त्यहाँबाट हिँडेपछि हामी रेगियन भन्ने सहरमा पुग्यौं। भोलिपल्ट दक्षिणतिरबाट हावा चल्यो र पर्सिपल्ट हामी पटिओली भन्ने सहरमा आइपुग्यौं। त्यहाँ हामीहरूले प्रभु येशूमाथि विश्वास गर्ने केही दाजुभाइहरूलाई भेट्यौं। उनीहरूले हामीलाई एक हप्तासम्म बसिदिनुहोस् भनेर बिन्ती गरे। हामी तिनीहरूसँग एक हप्तासम्म बसेपछि रोम सहरतिर जाने बाटो लाग्यौं। प्रभु येशूमाथि विश्वास गर्ने रोममा भएका दाजुभाइहरूले हामी आउँदै छौं भन्ने कुरा सुनेर कति जना तीन-पाटी भन्ने बजारसम्म, अनि कति जनाचाहिँ अप्पियस भन्ने बजारसम्म हामीलाई भेट्न आए। तिनीहरूलाई देख्नेबित्तिकै पावलले हौसला पाउँदै परमेश्वरलाई धन्यवाद दिए। रोममा आइपुगेपछि पावललाई सिपाहीको पहरामा आफ्नै डेरा लिएर बस्न दिइयो।
प्रेरित 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 28:11-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू