तीन महिनापछि, हामी अलेक्जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्लो भागमा जुम्ल्याहा देवको प्रतिमा कपेको थियो सुराकुसाईमा पुगेर हामी त्यहाँ तीन दिन बस्यौं। त्यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो, र भोलिपल्ट हामी पटिओलीमा आइपुग्यौं। त्यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूका साथमा रहनलाई बिन्ती गरे। यसरी हामी रोममा आइपुग्यौं। त्यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र साहस पाए। जब हामी रोममा पस्यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्ने अनुमति मिल्यो।
प्रेरित 28 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 28:11-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू