उज्यालो भएपछि समुद्रको कुनै किनारा देखियो, तर जहाज चलाउनेहरूले त्यस ठाउँलाई चिन्न सकेनन्। किनारामा सम्म ठाउँ देखेर तिनीहरूले जहाजलाई त्यतै लैजाने विचार गरे। तिनीहरूले लङ्गरहरूमा बाँधेका डोरीहरू काटेर लङ्गरहरू समुद्रमै छोडिदिए र जहाज खियाउने बहना बाँधिराखेका डोरीहरू पनि फुकालिदिए अनि अघिल्तिरको पाललाई माथि उठाइदिए र हावाले जहाजलाई लैजाँदा किनारातिर खियाउँदै लगे। तर जहाज बालुवाको रासमा हानिंदैगयो र अगाडिको भाग जमिनमा भासियो अनि पछाडिको भाग पानीको छालको जोड्ले गर्दा फुट्न थाल्यो। त्यतिखेर कैदीहरू पौडेर भाग्लान् भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने विचार गरे। तर कप्तानले पावललाई बचाउन चाहन्थे। त्यसो हुँदा उनले कसैलाई पनि मार्न दिएनन्। उनले नै ‘पौडन सक्ने जति पहिले नै पौडेर जानू र अरूले चाहिँ जहाजका फल्याकहरू वा टुटेफुटेका टुक्राहरू समातेर पारि तर्नू’ भन्ने आज्ञा दिए। यसरी हामी सबै सुरक्षितसँग किनारामा पुग्यौं।
प्रेरित 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 27:39-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू