उज्यालो भएपछि पनि तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्भव भए जहाजलाई त्यहीँ किनार लाउने योजना तिनीहरूले गरे। तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए। तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यहीँ भासियो, जहाजको अगिल्लो भाग अड्कियो र चल्नै सकेन, अनि पछिल्लो भागचाहिँ छालहरूका झोक्काले टुक्रिन थाल्यो। कैदीहरू पौड़ेर भाग्लान् कि भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे। तर कप्तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्यसो गर्नदेखि रोके। पौड्न सक्ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्ने हुकुम तिनले दिए, र बाँकी रहेकाहरूचाहिँ फल्याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।
प्रेरित 27 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 27:39-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू