YouVersion लोगो
खोज आइकन

प्रेरित 27:13-25

प्रेरित 27:13-25 सरल नेपाली

दक्षिणतिरबाट बिस्‍तारै हावा चल्‍न लाग्‍यो। सबै मानिसहरूले ‘अब हामी जान सक्‍छौं’ भन्‍ने सम्‍झे। तिनीहरूले अड्काएर राखेका लङ्गर निकाले र जहाजलाई क्रेट टापुको छेउ-छेउतिरबाट लगे। तर केही बेरपछि टापुतिरबाट ठूलो आँधीबेहरी उर्लेर आयो। त्‍योचाहिँ उत्तर-पूर्वी भन्‍ने तुफान थियो। त्‍यसले जहाजलाई छोप्‍यो र त्‍यस आँधीको अगाडि हाम्रो केही लागेन र हामीले जहाजलाई जता लान्‍छ लैजाओस् भनेर छोडिदियौं। क्‍लौडा भन्‍ने टापुको दक्षिणतिर पुगेपछि टापुले आँधीलाई अलि छेकिदियो। तर त्‍यहाँ पनि हामीले जहाजको पछाडि बाँधेको सानो नाउलाई कठिनले जोगाउन सक्‍यौं। त्‍यसलाई तानेर बल्‍ल जहाजभित्र हुलेपछि जहाज चलाउनेहरूले जहाजलाई मोटा-मोटा डोरीहरूले बलियोसँग बाँधे। अब जहाज लिबियाको किनारतिर कतै बालुवामा भासिन्‍छ कि भन्‍ने डर भयो। त्‍यसो हुँदा जहाज चलाउनेहरूले पाल झारिदिए र जहाजलाई हावाकै भरमा छोडिदिए। त्‍यो डरलाग्‍दो आँधी चलि नै रह्यो र भोलिपल्‍ट तिनीहरूले जहाजमा भएका मालसामानहरू फ्‍याँकिदिए। पर्सिपल्‍ट जहाज चलाउनलाई चाहिने सामानहरू आफ्‍नै हातले समुद्रमा फालिदिए। धेरै दिनसम्‍म हामीले न घाम देख्‍यौं नता तारा नै देख्‍यौं। आँधी जोडले चलिरहेको थियो र आखिरमा बाँचौंला भन्‍ने हाम्रो आशा पनि हरायो। मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्‍यो र क्रेटबाट हिँड्‍नुहुँदैनथ्‍यो। त्‍यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्‍तो दु:ख पाइन्‍थ्‍यो नता कुनै चीजबीचको नाश नै हुनेथियो। तर अब म बिन्‍ती गर्छु– हरेस नखानुहोस्, कसैले पनि आफ्‍नो ज्‍यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ। म परमेश्‍वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्‍ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्‍वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’। यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्‍वरले भन्‍नुभएको त्‍यो कुरा अवश्‍य पूरा हुनेछ भन्‍ने विश्‍वास मैले राखेको छु।

प्रेरित 27 पढ्नुहोस्

Video for प्रेरित 27:13-25