“अब उही येशू ख्रीष्टलाई परमेश्वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। परमेश्वर पिताले येशूलाई उच्च पारेर आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो र आफ्नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्मा दिनुभयो। त्यही पवित्र आत्मा प्रभु येशूले अहिले हामीमाथि खन्याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्दै र देख्दै हुनुहुन्छ। स्वर्गमा गएर दाऊद आफैं त परमेश्वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततिर बस, ‘जबसम्म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’।
प्रेरित 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 2:32-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू