प्रेरित 2:32-35
प्रेरित 2:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“अब उही येशू ख्रीष्टलाई परमेश्वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। परमेश्वर पिताले येशूलाई उच्च पारेर आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो र आफ्नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्मा दिनुभयो। त्यही पवित्र आत्मा प्रभु येशूले अहिले हामीमाथि खन्याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्दै र देख्दै हुनुहुन्छ। स्वर्गमा गएर दाऊद आफैं त परमेश्वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततिर बस, ‘जबसम्म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’।
प्रेरित 2:32-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो, र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ। किनकि दाऊद त स्वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’
प्रेरित 2:32-35 पवित्र बाइबल (NERV)
यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस, जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’

प्रेरित 2:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’