अपोल्लोस कोरिन्थ सहरमा हुँदा पावल एशिया इलाकाको बीचबाट हुँदै एफिसस सहरमा आइपुगे। त्यहाँ पावलले प्रभुमाथि विश्वास गर्ने केही चेलाहरूलाई भेटे। उनले तिनीहरूलाई सोधे, “के तिमीहरूले प्रभुमा विश्वास गरेर पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “पवित्र आत्मा हुनुहुन्छ भनेर त हामीले सुनेका पनि थिएनौं।” फेरि पावलले सोधे, “त्यसो भए तिमीहरूले कस्तो किसिमको बप्तिस्मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्नाले सिकाएको बप्तिस्मा पायौं।” पावलले भने, “यूहन्नाले सिकाएको बप्तिस्मा पापबाट मन फिराउनको लागि हो। उनले त ‘मभन्दा पछि आउनुहुनेमाथि नै विश्वास गर’ भनेर मानिसहरूलाई बताए। उनको पछि आउनुहुनेचाहिँ येशू नै हुनुहुन्थ्यो।” यो सुनेपछि तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। अनि पावलले आफ्नो हात तिनीहरूमाथि राखे र पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो। त्यस बेला तिनीहरूले अन्य भाषाहरू बोले र अगमवाणी बोल्न थाले। तिनीहरू जम्मा बाह्र जना थिए। पावल यहूदीहरूको सभाघरमा गए र तीन महिनासम्म नडराई मानिसहरूलाई शिक्षा दिए। उनले परमेश्वरको राज्यको बारेमा बहस गरेर तिनीहरूलाई विश्वासमा ल्याउने कोसिस गरे। तर कतिले मन कठोर पारेर प्रभुमा विश्वास गरेनन्। उल्टो तिनीहरूले प्रभुले दिनुभएको त्यो मुक्ति पाउने बाटोलाई सबैको अगाडि निन्दा गरे। यसकारण पावल तिनीहरूको सभाघरमा जान नै छोडिदिए र प्रभुमा विश्वास गर्ने चेलाहरूलाई आफैंसँग लगे। त्यसपछि पावलले टुरान्नस विद्यालयमा दिनदिनै मानिसहरूसँग भेटेर मुक्तिको बारेमा वाद-विवाद गरे। यसरी दुई वर्ष बित्यो अनि एशिया इलाकामा बस्ने यहूदी र अरू जातिका मानिसहरूसमेत सबैले प्रभुको वचन सुने।
प्रेरित 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 19:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू