YouVersion लोगो
खोज आइकन

प्रेरित 18:9-18

प्रेरित 18:9-18 सरल नेपाली

एक रात प्रभुले पावललाई दर्शन दिएर भन्‍नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ। म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्‍नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।” यसरी पावल डेढ वर्षसम्‍म कोरिन्‍थ सहरमा बसे र परमेश्‍वरको शिक्षा दिइरहे। अखैया इलाकामा गलियोन भनिने व्‍यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, “यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्‍ने तरिकाले परमेश्‍वरलाई पुज्‍न सिकाएर मानिसहरूलाई बिगार्न खोज्‍दै छ।” पावल बोल्‍नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्‍याय गर्नु ठीक थियो। तर यो कुरा त तिमीहरूकै शास्‍त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्‍यसो हुँदा तिमीहरू आफैंले नै यसको न्‍याय गर। मलाई यस कुराको न्‍याय गर्ने चासो छैन।” यसो भनेर गलियोनले तिनीहरूलाई न्‍यायालयबाट पठाइदिए। अब यहूदीहरूले सभाघरका शासक सोस्‍थेनेसलाई पक्रेर न्‍यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्‍तै गरेनन्। पावल निकै दिनसम्‍म प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग कोरिन्‍थ सहरमा बसे। त्‍यसपछि उनी बिदा भएर प्रिस्‍किला र अकिलाससँग समुद्रको बाटो भई सिरिया इलाकातिर जान हिँडे। केही समयअगाडि कुनै भाकल गरेको हुनाले पावलले किंक्रिया सहरमा पानीजहाज चढ्‍नुभन्दा अघि आफ्‍नो कपाल खौरे।

प्रेरित 18 पढ्नुहोस्

प्रेरित 18:9-18 को लागि भिडियो