YouVersion लोगो
खोज आइकन

प्रेरित 18:9-18

प्रेरित 18:9-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल्‍दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्‍नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्‌।” अनि परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्‍म तिनीहरूसँग बसे। जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए, र यसो भने, “यस मानिसले व्‍यवस्‍थाको विरुद्ध परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।” जब पावल बोल्‍नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्‍ची नै यो केही अन्‍याय वा दुष्‍ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्‍न उचित हुनेथियो। तर शब्‍दहरू, नाउँहरू र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्‍ता कुराहरूको इन्‍साफ गर्न इन्‍कार गर्छु।” अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए। तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌। यसपछि पावल धेरै दिनसम्‍म त्‍यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्‍किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्‍नो कपाल खौरे।

शेयर गर्नुहोस्
प्रेरित 18 पढ्नुहोस्

प्रेरित 18:9-18 पवित्र बाइबल (NERV)

राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसँग बोलिरहौ! नरोक! म तिमीसँग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।” पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए। गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!” पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ। तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।” तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए। तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन। पावल दाज्यू-भाइहरूसँग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए।

शेयर गर्नुहोस्
प्रेरित 18 पढ्नुहोस्

प्रेरित 18:9-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक रात प्रभुले पावललाई दर्शन दिएर भन्‍नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ। म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्‍नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।” यसरी पावल डेढ वर्षसम्‍म कोरिन्‍थ सहरमा बसे र परमेश्‍वरको शिक्षा दिइरहे। अखैया इलाकामा गलियोन भनिने व्‍यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, “यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्‍ने तरिकाले परमेश्‍वरलाई पुज्‍न सिकाएर मानिसहरूलाई बिगार्न खोज्‍दै छ।” पावल बोल्‍नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्‍याय गर्नु ठीक थियो। तर यो कुरा त तिमीहरूकै शास्‍त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्‍यसो हुँदा तिमीहरू आफैंले नै यसको न्‍याय गर। मलाई यस कुराको न्‍याय गर्ने चासो छैन।” यसो भनेर गलियोनले तिनीहरूलाई न्‍यायालयबाट पठाइदिए। अब यहूदीहरूले सभाघरका शासक सोस्‍थेनेसलाई पक्रेर न्‍यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्‍तै गरेनन्। पावल निकै दिनसम्‍म प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग कोरिन्‍थ सहरमा बसे। त्‍यसपछि उनी बिदा भएर प्रिस्‍किला र अकिलाससँग समुद्रको बाटो भई सिरिया इलाकातिर जान हिँडे। केही समयअगाडि कुनै भाकल गरेको हुनाले पावलले किंक्रिया सहरमा पानीजहाज चढ्‍नुभन्दा अघि आफ्‍नो कपाल खौरे।

प्रेरित 18:9-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।” यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे। गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।” जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ। तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।” तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए। अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्। पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्‍वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि