YouVersion लोगो
खोज आइकन

प्रेरित 18:9-18

प्रेरित 18:9-18 NNRV

एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल्‍दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्‍नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्‌।” अनि परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्‍म तिनीहरूसँग बसे। जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए, र यसो भने, “यस मानिसले व्‍यवस्‍थाको विरुद्ध परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।” जब पावल बोल्‍नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्‍ची नै यो केही अन्‍याय वा दुष्‍ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्‍न उचित हुनेथियो। तर शब्‍दहरू, नाउँहरू र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्‍ता कुराहरूको इन्‍साफ गर्न इन्‍कार गर्छु।” अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए। तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌। यसपछि पावल धेरै दिनसम्‍म त्‍यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्‍किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्‍नो कपाल खौरे।

प्रेरित 18:9-18 को लागि भिडियो