YouVersion लोगो
खोज आइकन

प्रेरित 16:25-34

प्रेरित 16:25-34 सरल नेपाली

आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए। त्‍यति नै खेर एक्‍कासि डरलाग्‍दो भूइँचालो गयो। झ्‍यालखानको जग नै हल्‍लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्‍लिए। झ्‍यालखानका हाकिम बिउँझिए त्‍यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्‍ने सम्‍झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्‍यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।” यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्‍दै पावल र सिलासको पाउमा परे। त्‍यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?” उनीहरूले भने, “प्रभु येशूमाथि विश्‍वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।” पावल र सिलासले तिनलाई र तिनका घरानालाई सुसमाचार सुनाए। त्‍यसपछि हाकिमले पावल र सिलासलाई लगेर राती नै उनीहरूका घाउ धोइदिए। तिनी र तिनका घरानाले बप्‍तिस्‍मा पाए। त्‍यसपछि हाकिमले पावल र सिलासलाई आफ्‍नो घरमा लगेर खाना खुवाए। उनले परमेश्‍वरमाथि विश्‍वास गरेको हुनाले घरानाका सबै खुसी भए।

प्रेरित 16 पढ्नुहोस्

Video for प्रेरित 16:25-34