एक दिन प्रार्थना गर्ने ठाउँमा जाँदा हामीहरूले एउटी कमारी केटीलाई भेट्यौं। उसलाई दुष्ट आत्मा लागेको थियो र त्यही दुष्ट आत्माको शक्तिले उसले मानिसको भाग्य बताइदिएर आफ्ना मालिकहरूलाई धेरै पैसा कमाएर दिन्थी। अब उसले पावल र हामीलाई पछ्याउँदै यसरी कराउन लागी, “यिनीहरू महान् परमेश्वरका भक्तहरू हुन्। यिनीहरूले त मुक्ति पाउने बारेमा प्रचार गर्दछन्।” धेरै दिनसम्म त्यस केटीले त्यसै भनेर कराइरही। आखिरमा यसरी कराइरहेकी सहन नसकेर पावलले त्यो केटीतिर फर्केर दुष्ट आत्मालाई भने, “म येशू ख्रीष्टको नाउँमा तँलाई आज्ञा दिन्छु, तँ यो केटीबाट निस्केर गइहाल्।” पावलले यस्तो भन्नेबित्तिकै त्यो दुष्टात्मा त्यस केटीबाट निस्केर गइहाल्यो। अब मालिकहरूको त्यस केटीबाट पैसा कमाउने बाटो नै हरायो। यो कुरा थाहा पाएर तिनीहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै सहरको चोकमा भएको न्याय गर्ने ठाउँमा लगे। यसरी पावल र सिलासलाई सहरका रोमी हाकिमहरूको अगाडि उभ्याउँदै तिनीहरूले भने, “यी यहूदीहरूले हाम्रो सहरमा उपद्रव मच्चाएर दु:ख दिँदै छन्। यिनीहरूले हाम्रो रोमी कानुनअनुसार नहुने रीतिथिति सिकाँउदै छन्।” त्यतिखेरै मानिसको हुल पावल र सिलासमाथि जाइलाग्यो। हाकिमहरूले पावल र सिलासको लुगा फुकालेर कोर्रा लगाउने आज्ञा दिए। बेसरी कोर्रा लगाएपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानमा पुर्याए र झ्यालखानको हाकिमलाई दुई जनालाई उम्कन नसक्ने गरी थुन्ने आज्ञा दिए। यो आज्ञा पाएर झ्याल-खानको हाकिमले पावल र सिलासलाई झ्यालखानको सबैभन्दा भित्री कोठामा लगे र उनीहरूका खुट्टामा काठको ठिंगुरा ठोके। आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए। त्यति नै खेर एक्कासि डरलाग्दो भूइँचालो गयो। झ्यालखानको जग नै हल्लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्लिए। झ्यालखानका हाकिम बिउँझिए त्यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्ने सम्झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।” यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्दै पावल र सिलासको पाउमा परे। त्यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?” उनीहरूले भने, “प्रभु येशूमाथि विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।” पावल र सिलासले तिनलाई र तिनका घरानालाई सुसमाचार सुनाए। त्यसपछि हाकिमले पावल र सिलासलाई लगेर राती नै उनीहरूका घाउ धोइदिए। तिनी र तिनका घरानाले बप्तिस्मा पाए। त्यसपछि हाकिमले पावल र सिलासलाई आफ्नो घरमा लगेर खाना खुवाए। उनले परमेश्वरमाथि विश्वास गरेको हुनाले घरानाका सबै खुसी भए।
प्रेरित 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 16:16-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू