हेरोद राजा टुरोस र सीदोन सहरका मानिसहरूसँग साह्रै रिसाएका थिए। अब ती दुई सहरका मानिसहरूले खानेकुरा हेरोदको क्षेत्रबाट नै झिकाउनुपर्थ्यो। त्यसले गर्दा ती दुई सहरका नेताहरू मिलेर राजासँग मिलाप गर्न चाहे। तिनीहरूले राजाकै मान्छे बलस्तसलाई हातमा लिएर राजासँग दर्शनभेट मागे। तोकिएको दिनमा हेरोदले राजाको पोशाक लगाई मानिसहरूका अघि सिंहासनमा बसेर ती नेताहरूको अगाडि भाषण दिए। मानिसहरूले कराउँदै “यो त मानिसको बोली होइन, तर परमेश्वरको बोली हो,” भनेर राजाको प्रशंसा गर्न लागे। यसरी हेरोदले परमेश्वरलाई आदर नदिएकोमा एक्कासि प्रभुका एउटा स्वर्गदूतले तिनलाई प्रहार गरे र तिनी किरा परेर मरे। तर परमेश्वरले पठाउनुभएको परमेश्वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो। बारनाबास र शाऊलले आर्थिक सहायता पुर्याउने काम पूरा गरेपछि तिनीहरू मर्कूस भनिने यूहन्नालाई लिएर यरूशलेमबाट एन्टिओखिया सहरमा फर्केर आए।
प्रेरित 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 12:20-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू