हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्यन्तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्तससँग खुशामद गरेर मिलापको लागि बिन्ती गरे। किनकि तिनीहरूको देश अन्नको निम्ति राजाको देशमा निर्भर थियो। तोकिएको दिनमा राजकीय पोशाक पहिरेर हेरोद उनको सिंहासनमा बसे, र तिनीहरूलाई उनले भाषण दिए। मानिसहरू “यो त ईश्वरको बोली हो, मानिसको होइन!” भनेर कराए। तर परमेश्वरलाई महिमा नदिएकोमा त्यत्तिखेरै प्रभुका एउटा स्वर्गदूतले उनलाई प्रहार गरे, र स्याउँ-स्याउँ कीरा परेर उनको देहान्त भयो। तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो। बारनाबास र शाऊल आफ्ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्ना पनि गए।
प्रेरित 12 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 12:20-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू