कैसरिया सहरमा कर्नेलियस नाउँ भएका एक जना मानिस बस्थे। उनी रोमी सेनाको इटालिया भन्ने पल्टनका कप्तान थिए। उनी परमेश्वरका भक्त थिए। उनी र उनको परिवार परमेश्वरको डर राख्ने मानिसहरू थिए। उनले खाँचोमा परेका मानिसहरूलाई उदार चित्तले सहायता गर्थे र सधैँ परमेश्वरसँग प्रार्थना गर्थे। एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्टसँग परमेश्वरको एउटा स्वर्गदूतलाई देखे। स्वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!” डरले स्वर्गदूतलाई हेरेको हेरेकै भएर कर्नेलियसले भने, “आज्ञा होस् हजुर!” स्वर्गदूतले भने, “तिम्रा प्रार्थनाहरू र तिमीले गरीबहरूलाई गरेको दयाका कामहरू परमेश्वरकहाँ पुगेका छन्। यी सबैको उहाँले याद राख्नुभएको छ। अब तिमीले योप्पा सहरमा भएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। तिनी छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” यति भनेर स्वर्गदूत कर्नेलियसबाट बिदा भए। त्यसपछि कर्नेलियसले आफ्ना दुई नोकर र परमेश्वरलाई मान्ने एउटा सिपाहीलाई बोलाए। त्यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्यो। कर्नेलियसले आफूले देखेका सबै कुरा बताएर तिनीहरूलाई योप्पा सहरमा पठाए।
प्रेरित 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू