YouVersion लोगो
खोज आइकन

२ तिमोथी 4

4
सुसमाचार सुनाउने जिम्‍मा
1मरेका र जिउँदा सबै मानिसका न्‍याय गर्ने ख्रीष्‍ट येशू र परमेश्‍वरका सामुन्‍ने म तिमीलाई जोड दिएर भन्‍छु। ख्रीष्‍ट आएर राज्‍य गर्नुहुने भएकोले 2म तिमीलाई परमेश्‍वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्‍तिसँग रहेर सम्‍झाऊ, हौसला देओ। 3मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्‍नै इच्‍छाहरूका पछि लाग्‍नेछन्। तिनीहरूले आफूलाई मज्‍जा लाग्‍ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। 4तिनीहरूले त सत्‍य कुराहरूलाई सुन्‍नै सक्‍दैनन् तर दन्‍त्‍यकथाहरू सुन्‍नचाहिँ मन पराउँछन्। 5तर तिमीचाहिँ सबै कुरामा शान्‍त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर। 6म त बलि हुन लागिसकेको छु। मेरो त बिदा हुने बेला भइसक्‍यो। 7म दौडमा राम्रो गरेर दगुरेको छु। मेरो दगुर्ने काम सिद्ध्याएको छु र विश्‍वास जोगाइराखेको छु। 8अब त परमेश्‍वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्‍याय गर्नुहुने प्रभुले नै मलाई त्‍यस दिन त्‍यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ।
9सकेसम्‍म मलाई चाँडै भेट। 10#कलस्सी 4:14; फिलेमोन 1:24; २ कोरिन्थी 8:23; गलाती 2:3; तीतस 1:4डेमासले यस युगलाई प्रेम गरेर मलाई छोडिदिए र थेसलोनिके गए। क्रेसेन्‍सचाहिँ गलातियामा र तीतसचाहिँ दलमातियामा गएका छन्। 11#कलस्सी 4:14; फिलेमोन 1:24; प्रेरित 12:12,25; 13:13; 15:37-39; कलस्सी 4:10; फिलेमोन 1:24मसँग त अहिले लूका मात्र छन्। मर्कूसलाई चाहिँ तिमीले सँगै लिएर आउनू। उनले मेरो काममा धेरै सघाउन सक्‍नेछन्। 12#प्रेरित 20:4; एफिसी 6:21,22; कलस्सी 4:7,8तुखिकसलाई मैले एफिससमा पठाएको छु। 13#प्रेरित 20:6त्रोआसमा कार्पसकहाँ छोडेको मेरो लुगा तिमी आउँदा लिएर आऊ। त्‍यहाँ भएका किताबहरू र छालामा लेखिएका पुस्‍तकचाहिँ नबिर्सी ल्‍याइदेओ। 14#१ तिमोथी 1:20; भजनसंग्रह 62:12; रोमी 2:6अलेक्‍जेन्‍डर मलाई धेरै नराम्रो गरे। तिनले गरेको कामको फल प्रभुले नै उनलाई दिनुहुनेछ। 15उनी हाम्रा कुराको ज्‍यादै विरोधी भएका छन्। त्‍यसो हुँदा तिमी पनि होशियार भएर बस।
16पहिलो पटक मेरो मुद्दा चल्‍दा कसैले पनि मेरो पक्षमा बोलेनन्। सबैले मलाई त्‍यागिदिए। यसको दोष उनीहरूलाई नलागोस्। 17तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्‍यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्‍वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो। 18हो, प्रभुले नै मलाई सबै किसिमका खराबीहरूबाट बचाउनुभयो। उहाँले मलाई जोगाएर आफ्‍नो स्‍वर्गको राज्‍यमा लैजानुहुनेछ। उहाँको सदासर्वदा प्रशंसा होइरहोस्। हो, आमेन।
19 # प्रेरित 18:2; २ तिमोथी 1:16,17 प्रिस्‍किला, अकिलास र ओनेसिफरसका घर परिवारलाई मेरो अभिवादन छ। 20#प्रेरित 19:22; रोमी 16:23; प्रेरित 20:4; 21:29इरास्‍तस कोरिन्‍थमा नै बसेका छन्। त्रोफिमस बिरामी भएका हुनाले उनलाई मैले मिलेटसमा नै छोडें। 21हिउँद लाग्‍न नपाई चाँडै आऊ। युबुलस, पुडेस, लिनस, क्‍लौडिया र यहाँ भएका सबै भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्। 22प्रभु तिम्रो आत्‍मासँगै रहून्। तिमीहरूमा परमेश्‍वरको अनुग्रह रहोस्।

अहिले सेलेक्ट गरिएको:

२ तिमोथी 4: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्