1
२ तिमोथी 4:7
सरल नेपाली पवित्र बाइबल
म दौडमा राम्रो गरेर दगुरेको छु। मेरो दगुर्ने काम सिद्ध्याएको छु र विश्वास जोगाइराखेको छु।
तुलना
अन्वेषण गर्नुहोस् २ तिमोथी 4:7
2
२ तिमोथी 4:2
म तिमीलाई परमेश्वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्तिसँग रहेर सम्झाऊ, हौसला देओ।
अन्वेषण गर्नुहोस् २ तिमोथी 4:2
3
२ तिमोथी 4:3-4
मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्नै इच्छाहरूका पछि लाग्नेछन्। तिनीहरूले आफूलाई मज्जा लाग्ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। तिनीहरूले त सत्य कुराहरूलाई सुन्नै सक्दैनन् तर दन्त्यकथाहरू सुन्नचाहिँ मन पराउँछन्।
अन्वेषण गर्नुहोस् २ तिमोथी 4:3-4
4
२ तिमोथी 4:5
तर तिमीचाहिँ सबै कुरामा शान्त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर।
अन्वेषण गर्नुहोस् २ तिमोथी 4:5
5
२ तिमोथी 4:8
अब त परमेश्वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्याय गर्नुहुने प्रभुले नै मलाई त्यस दिन त्यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ।
अन्वेषण गर्नुहोस् २ तिमोथी 4:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू