YouVersion लोगो
खोज आइकन

२ शमूएल 20:4-13

२ शमूएल 20:4-13 सरल नेपाली

राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई लिएर पर्सिसम्‍ममा यहाँ आइपुग।” अमासा यहूदीहरूलाई बोलाउन गए; तर राजाले भनेका समयमा फर्केर आएनन्। यसकारण राजाले अबीशैलाई भने, “शेबाले हामीलाई अब्‍शालोमले भन्दा ज्‍यादा दु:ख दिनेछ। मेरा मानिसहरू लगेर त्‍यसको पछि लाग नत्र त्‍यसले कुनै पर्खाल हालेको सहर लियो भने त्‍यो हाम्रो हातबाट उम्‍कनेछ।” यसकारण योआबका सैनिकहरू, राजाका अङ्गरक्षक र अरू सिपाहीहरू यरूशलेमबाट शेबालाई खेद्‌न अबीशैसित निस्‍के। गिबोनको ठूलो चट्टाननेर आइपुग्‍दा तिनीहरूलाई अमासाले भेटे। योआबले लडाइँ गर्ने पोशाक लाएका थिए र कम्‍मरमा म्‍यानभित्र एउटा तरवार अनि पटुका कसेका थिए। योआब अघि बढेर आउँदा म्‍यानबाट उनको तरवार झर्‍यो। योआबले अमासालाई भने, “मेरो मित्र! तिम्रो के हाल छ त?” त्‍यसो भनी अमासालाई म्‍वाइँ खान भनी योआबले आफ्‍नो दाहिने हातले उनको दाह्री समाते। अर्को हातमा योआबले आफ्‍नो तरवार समातेका थिए; तर अमासाले त्‍यसको ख्‍यालै गरेनन्। योआबले उनको पेटमा तरवार रोपिदिए र उनको आन्‍द्रा-भुँडी बाहिर निस्‍केर भूइँमा झर्‍यो। अमासा तुरुन्‍तै मरिहाले र योआबले दोस्रोपल्‍ट तरवार चलाउनै परेन। त्‍यसपछि योआब र उनका भाइ अबीशै शेबाको पछि लागे। योआबको एक जना मानिसले अमासाको लाशछेउ उभिएर जोडले भन्‍यो, “जो-जो योआब र दाऊदपट्टि छन्, तिनीहरू योआबको पछि आऊन्!” रगतमा लतपत भएका अमासाको शरीर बाटोका बीचमा लडिरहेको थियो। सबै जना लाशको छेउ अडिँदै थिए र त्‍यस मानिसले लाश बाटोबाट तानेर लगी मैदानमा फालीदियो र त्‍यसलाई एउटा लुगाले छोपिदियो। लाश बाटोबाट हटाएपछि सबै जना शेबालाई खेद्दै योआबको पछि लागे।

२ शमूएल 20 पढ्नुहोस्