इस्राएलका राजा आहाबको छोरो योरामको शासनकालको पाँचौं वर्षमा यहोशापातको छोरो यहोराम यहूदाका राजा भए। उनको उमेर बत्तीस वर्ष भएको थियो र उनले यरूशलेममा आठ वर्ष राज्य गरे। उनकी रानी आहाबकी छोरी थिइन् र आहाबका घरानाले जस्तै उनले इस्राएलका राजाका खराब चालहरू पछ्याए। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर परमप्रभुले यहूदालाई नाश पार्न चाहनुहुन्थ्यो किनभने उहाँले आफ्नो सेवक दाऊदलाई तेरा सन्तानले राज्य गरिरहनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। यहोरामका शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र त्यो देश स्वतन्त्र भयो। यहोराम आफ्ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्के र भागे र उनका सिपाहीहरू छरपष्ट भएर आ-आफ्ना घरतिर लागे। त्यसपछि एदोम सदा यहूदाबाट स्वतन्त्र भई बसेको छ। यही समयमा लिब्ना सहरले पनि विद्रोह गर्यो। यहोरामले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। यहोराम मरे र दाऊदको सहरका राजाहरू गाड्ने चिहानमा गाडिए र उनको छोरो अहज्याह राजा भए। आहाबको छोरो योराम इस्राएलका राजा भएको बाह्र वर्ष हुँदा यहोरामको छोरो अहज्याह बाईस वर्षको उमेरमा यहूदाका राजा भए र उनले एक वर्ष यरूशलेममा राज्य गरे। इस्राएलका राजा ओम्रीकी नातिनी र आहाबकी छोरी अतल्याह तिनकी आमा थिइन्। आफ्नो विवाहको कारणले उनको आहाब राजासँग पारिवारिक सम्बन्ध थियो र आहाबका परिवारले झैँ उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे। अहज्याह राजाले इस्राएलका राजा योरामलाई अरामका राजा हजाएलसित लडाइँ गर्न साथ दिए। रामोत-गिलादमा उनका सेनाहरूको युद्ध भयो र लडाइँमा योराम घाइते भए। घाउ निको पार्न उनी यिजरेल सहरमा फर्केर गए र अहज्याह उनलाई भेट्न त्यहाँ गए।
२ राजा 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजा 8:16-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू