हिजकिया राजाले तिनीहरूका बयान सुन्नेबित्तिकै शोकले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लाए र परमप्रभुको मन्दिरमा गए। उनले राजमहलका अधिकारी एल्याकीम, दरबारका सचिव शेब्ना र मुख्य पूजाहारीहरूलाई आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। तिनीहरूले पनि भाङ्ग्रा लाएका थिए। उनले तिनीहरूलाई यो खबर यशैयालाई दिन पठाए, “आज हाम्रो निम्ति कष्टको दिन रहेछ। आज हामीले दण्ड भोग्दै छौं र हाम्रो अपमान भएको छ। हामी एउटी त्यस्ती आइमाईजस्ती भएका छौं, जो बच्चा जन्माउन तयार छे; तर दुर्बलताले गर्दा जन्माउन सक्दिन। अश्शूरी राजाले जीवित परमेश्वरको अपमान गर्न आफ्नो मुख्य अधिकृतलाई पठाएका छन्। परमप्रभु तिम्रा परमेश्वरले यी अपमानका कुरा सुनून् र ती बोल्नेलाई दण्ड देऊन्। यसकारण हाम्रा जति मानिसहरू बाँचेका छन्, तिनीहरूका निम्ति परमेश्वरसँग प्रार्थना गरिदेऊ।” हिजकिया राजाको खबर पाएर यशैयाले यस्तो जवाफ पठाए, “परमप्रभु भन्नुहुन्छ कि अश्शूरीहरूले उहाँको निन्दा गरेर भनेका कुरा सुनें। तपाईं डराउनुपर्दैन। परमप्रभुले अश्शूरी राजालाई यस्तो एउटा खबर सुनाउनुहुनेछ कि उनी आफ्ना देशमा फर्किजानेछन् र त्यहाँ परमप्रभुले उनको मृत्यु गराउनुहुनेछ।”
२ राजा 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजा 19:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू