YouVersion लोगो
खोज आइकन

२ राजाहरू 19:1-7

२ राजाहरू 19:1-7 NNRV

जब हिजकिया राजाले यो सुने, तब तिनले आफ्‍ना लुगा च्‍याते, र भाङ्‌ग्रा लाएर परमप्रभुको मन्‍दिरभित्र पसे। तिनले राजमहलका सञ्‍चालक एल्‍याकीम, सचिव शेब्‍ना र मुख्‍य-मुख्‍य पूजाहारीहरूलाई सबैले भाङ्‌ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्‍छ: जसरी बच्‍चा जन्‍मनै लाग्‍दा त्‍यसलाई जन्‍माउन बल हुँदैन, आजको दिन कष्‍ट, निन्‍दा र तिरस्‍कारको दिन भएको छ। शायद परमप्रभु तपाईंका परमेश्‍वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ होला, जसलाई उनका मालिक अश्‍शूरका राजाले जीवित परमेश्‍वरलाई गिल्‍ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराको कारण उहाँले उनलाई हप्‍काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्‍ति प्रार्थना चढ़ाइदिनुहोस्‌।” जब हिजकियाले पठाएका अधिकारीहरू यशैयाकहाँ आए, तब यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले सुनेका कुराले गर्दा तँ नडरा— जुन कुराहरूले अश्‍शूरको राजाका चाकरहरूले मेरो निन्‍दा गरेका छन्‌। ध्‍यानसित सुन्‌! म त्‍यसमा एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि जब त्‍यसले कुनै एउटा प्रतिवेदन सुन्‍नेछ, तब त्‍यो आफ्‍नै देशमा फर्किजानेछ, र म त्‍यहाँ त्‍यसलाई तरवारद्वारा खतम पार्न लाउनेछु’।”