एलीशा अगमवक्ता सिकिस्त बिरामी भए र तिनको प्राण अन्त हुने बेला भयो। त्यस बेला इस्राएलका राजा येहोआश तिनलाई भेट्न गए। राजाले रुँदै भने, “मेरा बुबा, हे मेरा बुबा! तपाईं इस्राएलका शक्तिशाली योद्धा हुनुहुन्थ्यो।” “एउटा धनु र केही काँड ल्याऊ,” एलीशाले भने। येहोआशले ती ल्याए र एलीशाले तिनलाई काँड् हान्न तयार हुन भने। राजाले त्यसै गरे अनि एलीशाले आफ्ना हात राजाका हातमाथि राखे। तब अगमवक्ताका आदेशअनुसार राजाले अरामपट्टि फर्केको झ्याल खोले। “काँड छोड्!” एलीशाले भने। राजाले काँड छोड्नेबित्तिकै अगमवक्ताले कराएर भने, “तिमी परमप्रभुको काँड हौ, यस काँडले उहाँले अरामलाई विजयी पार्नुहुन्छ। तिमी अरामीहरूसित अपेकमा लड्नेछौ र तिनीहरूलाई पूरा नाश पार्नेछौ।” त्यसपछि राजालाई अरू काँडहरू लिएर भूइँमा हिर्काउन एलीशाले भने। राजाले भूइँमा तीन चोटि काँडले हिर्काए र थामिए। त्यसमा एलीशा रिसाए र राजालाई भने, “तिमीले पाँच-छ पटक काँडले हिर्काउनुपर्थ्यो र अरामीहरूमाथि पूर्ण विजय पाउनेथियौ; तर अब तिमीले तिनीहरूलाई तीन पटक मात्र हराउनेछौ।” एलीशा मरे र गाडिए। मोआबीहरूको दलले वर्षेनी इस्राएलमाथि हमला गर्थ्यो।
२ राजा 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजा 13:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू