२ राजाहरू 13:14-20
२ राजाहरू 13:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब एलीशा एक बिमारद्वारा पीडित थिए जुनबाट तिनी पछि मरे। इस्राएलका राजा येहोआश तिनलाई भेट गर्न गए, र तिनको सामुन्ने रोएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोड़चढ़ीहरू!” एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्।” अनि तिनले त्यसै गरे। तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्।” तिनले त्यसै गरेपछि एलीशाले आफ्ना हात राजाका हातमाथि राखे। तिनले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस्।” राजाले त्यो खोले। एलीशाले “हान्नुहोस्” भने, र तिनले हाने। “परमप्रभुको विजयको काँड़, अराममाथि विजयको काँड़!” एलीशाले भने। “तपाईंले अपेकमा अरामीहरूलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुनेछ।” त्यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्नुहोस्।” तिनले तीन पल्ट हानेर थामे। परमेश्वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्ट हान्नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्नुहुनेथियो र त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।” त्यसपछि एलीशाको मृत्यु भयो, र तिनी गाड़िए। वर्षैपिच्छे मोआबी लूटपीट गर्नेहरू बसन्त ऋतुमा देशभित्र पस्थे।
२ राजाहरू 13:14-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब एलीशा एक रोगद्वारा पीडित थिए, जसको कारण तिनी पछि मरे। इस्राएलका राजा योआश तिनलाई हेर्न तल गए, र तिनको विषयमा विलाप गरे। “मेरा पिता! मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” भन्दै तिनी कराए। एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे। तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे। तिनले भने, “पूर्वको झ्याल खोल्नुहोस्,” तिनले त्यो खोले। एलीशाले भने, “हान्नुहोस्,” तिनले हाने। एलीशाले घोषणा गरे, “याहवेहको विजयको काँड, अराममाथि विजयको काँड! तपाईंले अरामीहरूलाई अपेकमा सम्पूर्ण रूपले नाश पार्नुहुनेछ।” तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्नुहोस्।” तिनले त्यसलाई तीन पल्ट हानेर रोकिए। परमेश्वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पल्ट हान्नुपर्ने थियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।” त्यसपछि एलीशा मरे, र गाडिए। मोआबी लुटपाट गर्नेहरूले चाहिँ प्रत्येक वसन्त ऋतुमा देशमा प्रवेश गर्नेगर्थे।
२ राजाहरू 13:14-20 पवित्र बाइबल (NERV)
एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्राएलका घोडसवारहरू?” एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।” योआशले एउटा धनुष अनि केही तीरहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “धनु तान्नु होस्।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे। एलीशाले भने, “पूर्वको झ्याल खोल।” योआशले झ्याल खोले। तब एलिशाले भने, “चलाउनु होस्!” योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।” एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।” योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे। परमेश्वरको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारून्जेल जित्नसक्ने थियौ। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।” एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्राएललाई आक्रमण गर्न आयो।
२ राजाहरू 13:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एलीशा अगमवक्ता सिकिस्त बिरामी भए र तिनको प्राण अन्त हुने बेला भयो। त्यस बेला इस्राएलका राजा येहोआश तिनलाई भेट्न गए। राजाले रुँदै भने, “मेरा बुबा, हे मेरा बुबा! तपाईं इस्राएलका शक्तिशाली योद्धा हुनुहुन्थ्यो।” “एउटा धनु र केही काँड ल्याऊ,” एलीशाले भने। येहोआशले ती ल्याए र एलीशाले तिनलाई काँड् हान्न तयार हुन भने। राजाले त्यसै गरे अनि एलीशाले आफ्ना हात राजाका हातमाथि राखे। तब अगमवक्ताका आदेशअनुसार राजाले अरामपट्टि फर्केको झ्याल खोले। “काँड छोड्!” एलीशाले भने। राजाले काँड छोड्नेबित्तिकै अगमवक्ताले कराएर भने, “तिमी परमप्रभुको काँड हौ, यस काँडले उहाँले अरामलाई विजयी पार्नुहुन्छ। तिमी अरामीहरूसित अपेकमा लड्नेछौ र तिनीहरूलाई पूरा नाश पार्नेछौ।” त्यसपछि राजालाई अरू काँडहरू लिएर भूइँमा हिर्काउन एलीशाले भने। राजाले भूइँमा तीन चोटि काँडले हिर्काए र थामिए। त्यसमा एलीशा रिसाए र राजालाई भने, “तिमीले पाँच-छ पटक काँडले हिर्काउनुपर्थ्यो र अरामीहरूमाथि पूर्ण विजय पाउनेथियौ; तर अब तिमीले तिनीहरूलाई तीन पटक मात्र हराउनेछौ।” एलीशा मरे र गाडिए। मोआबीहरूको दलले वर्षेनी इस्राएलमाथि हमला गर्थ्यो।