YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 5:1-10

२ कोरिन्थी 5:1-10 सरल नेपाली

हामीलाई थाहा छ, हाड-मासुको यो पाल याने कि हाम्रो शरीर नाश हुन्‍छ। तर परमेश्‍वरले स्‍वर्गमा हामीलाई दिनुहुने शरीर त हातले बनाएको कच्‍चा घरजस्‍तो छैन। तर यो सधैँभरि रहने पक्‍का घरजस्‍तै छ। साँच्‍चै हामी यस शरीरमा रहनुपर्दा दु:खी छौं। हामी त त्‍यस स्‍वर्गमा भएको शरीरलाई लुगाझैँ लगाउन पिरोलिएका छौं। यसरी हाम्रो शरीरलाई पहिराउँछौं भने हामी शरीरबिनाका हुँदैनौं। यस शरीरमा रहुन्‍जेल ठूलो भारीले गर्दा हामी सुस्‍केरा हाल्‍छौं। यो शरीर त्‍याग्‍ने इच्‍छाले हतारिएका होइनौं, तर कहिले स्‍वर्गको शरीर पहिरन पाऊँला भनेर नै हो। यो नाश हुने कुरो त्‍यस जीवनमा बदलेर जान्‍छ। यसरी हामीलाई हेरफेर गरिदिने त परमेश्‍वर नै हुनुहुन्‍छ। हामीलाई पछि दिनुहुने कुराहरू पक्‍का गर्न उहाँले हामीलाई पवित्र आत्‍माको बैना दिनुभएको छ। यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्‍जेल त प्रभुको घरदेखि अलग हुन्‍छौं। त्‍यसैले हामी देखेकोले होइन, तर विश्‍वासले जिउँछौं। हामी हरेस खाँदैनौं, स्‍वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्‍याग्‍न तयार छौं। हामी यस शरीरको डेरामा हौं वा आत्‍मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्‍छौं किनभने हामीहरू सबै एक दिन न्‍यायको लागि ख्रीष्‍टको सामुन्‍ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्‍तो काम गरेका छन्, त्‍यसैअनुसारको फल पाउनेछन्।

२ कोरिन्थी 5 पढ्नुहोस्

२ कोरिन्थी 5:1-10 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति