यसरी हामीमा यो आशा भएकोले हामी ज्यादै साहसी भएका छौं। हामी त मोशाजस्ता होइनौं, जसले आफ्नो अनुहारबाट घट्दैगएको चमकको अन्त्य इस्राएलीहरूले नदेखून् भनी आफ्नो मुखमा घुम्टो हालेका थिए। तिनीहरूको मन त्यस बेला ढाकिएको थियो। आजसम्म पनि पुरानो करारमा भएको व्यवस्था पढ्दा तिनीहरूको मन घुम्टोले ढाकिएको हुन्छ। त्यो घुम्टो ख्रीष्टद्वारा मात्र हटाउन सकिन्छ। साँच्चै मोशाको व्यवस्था पढ्दा अझै पनि घुम्टोले तिनीहरूको मन ढाकिएको हुन्छ। तर धर्मशास्त्रमा भनेझैँ प्रभुतिर फर्कनासाथ घुम्टो उघारिन्छ किनभने प्रभु आत्मा हुनुहुन्छ। प्रभुका आत्मा भएको ठाउँमा स्वतन्त्रता हुन्छ। हामी सबैले खुल्ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्मा हुनुहुन्छ र उहाँबाट आउने त्यही चमकले हामीलाई उहाँजस्तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्छ।
२ कोरिन्थी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 3:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू