यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौं। हामी मोशाजस्तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे। तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो रहिरहन्छ, जुन घुम्टो ख्रीष्टद्वारा मात्र हटाइन्छ। हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ, तर जब मानिस प्रभुपट्टि फर्कन्छ, त्यो घुम्टो हटाइन्छ। अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं। परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ।
२ कोरिन्थी 3 पढ्नुहोस्
सुन्नुहोस् २ कोरिन्थी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 3:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू