YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:12-18

२ कोरिन्थी 3:12-18 पवित्र बाइबल (NERV)

हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसरी हामीमा यो आशा भएकोले हामी ज्‍यादै साहसी भएका छौं। हामी त मोशाजस्‍ता होइनौं, जसले आफ्‍नो अनुहारबाट घट्दैगएको चमकको अन्‍त्‍य इस्राएलीहरूले नदेखून् भनी आफ्‍नो मुखमा घुम्‍टो हालेका थिए। तिनीहरूको मन त्‍यस बेला ढाकिएको थियो। आजसम्‍म पनि पुरानो करारमा भएको व्यवस्था पढ्दा तिनीहरूको मन घुम्‍टोले ढाकिएको हुन्‍छ। त्‍यो घुम्‍टो ख्रीष्‍टद्वारा मात्र हटाउन सकिन्‍छ। साँच्‍चै मोशाको व्यवस्था पढ्दा अझै पनि घुम्‍टोले तिनीहरूको मन ढाकिएको हुन्‍छ। तर धर्मशास्‍त्रमा भनेझैँ प्रभुतिर फर्कनासाथ घुम्‍टो उघारिन्‍छ किनभने प्रभु आत्‍मा हुनुहुन्‍छ। प्रभुका आत्‍मा भएको ठाउँमा स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबैले खुल्‍ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्‍मा हुनुहुन्‍छ र उहाँबाट आउने त्‍यही चमकले हामीलाई उहाँजस्‍तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्‍छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण हाम्रो यस्‍तो आशा भएकोले हामी अत्‍यन्‍तै साहसी भएका छौं। हामी मोशाजस्‍तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्‍तिम झलक इस्राएलीहरूले नदेखून्‌ भनेर आफ्‍नो अनुहारमा घुम्‍टो हाल्‍ने गर्थे। तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्‍मै पुरानो करार पढ्‌दा त्‍यो घुम्‍टो रहिरहन्‍छ, जुन घुम्‍टो ख्रीष्‍टद्वारा मात्र हटाइन्‍छ। हो, आजसम्‍म पनि मोशाको पुस्‍तक पढ्‌दा तिनीहरूका हृदयमा घुम्‍टो हालिएको हुन्‍छ, तर जब मानिस प्रभुपट्टि फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ। अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:12-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ। हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे। तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ। यो हटाइएकै छैन; किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ। आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ। तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ। अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्