२ इतिहास 12
12
यहूदामाथि मिश्रीहरूको हमला
(१ राजा १४:२५-२८)
1रहबामले आफ्नो राज्य-अधिकार कायम गर्नासाथ तिनी र तिनका प्रजाले परमप्रभुको व्यवस्थालाई त्यागे। 2रहबामको राज्यकालको पाँचौँ वर्षमा तिनीहरूले आफ्नो विश्वास छोडेको निम्ति दण्ड पाए। मिश्रका राजा शीशकले यरूशलेममा 3बाह्र सय रथ, साठी हजार घोडचढी र अनगन्ती पैदल सिपाहीहरूको सेना लिएर हमला गरे। पैदल सेनामा लिबियाली, सुक्किया र कूशी फौजहरू पनि थिए। 4उनले यहूदामा सुरक्षित पारेका सहरहरू कब्जा गर्दै यरूशलेमसम्म पुगे।
5शीशकबाट बाँच्न यरूशलेममा भेला भएका राजा रहबाम र यहूदी अगुवाहरूकहाँ अगमवक्ता शमायाह गए र भने, “तपाईंहरूलाई परमप्रभुको यो सन्देश छ, ‘तिमीहरूले मलाई त्याग्यौ र मैले अब तिमीहरूलाई शीशकका हातमा छोडिदिएको छु’।”
6राजा र अगुवाहरूले आफ्ना पाप मानिलिए। तिनीहरूले भने, “परमप्रभुले जे गर्दै हुनुहुन्छ, त्यो ठीक छ।”
7त्यो देखेर परमप्रभु फेरि शमायाहसित बोल्नुभयो र यसो भन्नुभयो, “तिनीहरूले आफ्ना पाप स्वीकार गरेका हुनाले म तिनीहरूलाई नाश गर्दिनँ। तर जब शीशकले हमला गर्नेछ, तब तिनीहरू मुश्किलले बाँच्नेछन्। यरूशलेमले मेरो पूरा क्रोध थाहा गर्नेछैन, 8तर शीशकले तिनीहरूलाई जित्नेछ र मेरो सेवा गर्नु र संसारको राजाको सेवा गर्नुमा के भिन्नता छ, त्यो बुझ्नेछन्।”
9 #
१ राजा 10:16,17; २ इतिहास 9:15,16 राजा शीशक यरूशलेममा आए र मन्दिर र महलबाट धन-सम्पत्ति हात पारे। उनले सबै थोक, सोलोमन राजाले बनाएका सुनका ढालहरूसमेत लिएर गए। 10तिनका सट्टामा रहबामले काँसाका ढालहरू बनाए र महलका मूल-ढोकामा पहरा दिने कामको भार लिएका अधिकृतहरूका हातमा ती ढालहरू दिए। 11जति चोटि राजा मन्दिरमा जान्थे, उति चोटि पहरेदारहरूले ती ढाल बोक्थे र त्यसपछि आफू बस्ने कोठामा फर्काएर ल्याउँथे। 12रहबामले आफूलाई परमप्रभुको शरणमा समर्पण गरेको हुनाले उहाँको क्रोधले उनलाई पूरा विनाश गरेन र यहूदालाई राम्रै भइरह्यो।
रहबामको शासनको संक्षिप्त वर्णन
13रहबामले यरूशलेममा राज्य गरे र आफ्नो राज-शक्ति बढाए। राजा हुँदा तिनको उमेर एकचालीस वर्षको थियो र उनले यरूशलेममा सत्र वर्ष राज्य गरे। यरूशलेमलाई परमप्रभुले सारा इस्राएल देशका बीचबाट आफ्नो आराधना-स्थल चुन्नुभएको थियो। नामा रहबामकी आमा अम्मोन देशकी थिइन्। 14उनले दुष्ट कामहरू गरे किनभने उनले परमप्रभुको इच्छा बुझ्ने चेष्टा गरेनन्। 15रहबामका सुरुदेखि अन्तसम्मका कामहरू र उनका परिवारको इतिहास शमायाह अगमवक्ताको इतिहास र इद्दो अगमवक्ताको इतिहासको किताबहरूमा लेखिएको छ। रहबाम र यारोबाम आपसमा एकोहोरो लडाइँ गरिरहे। 16रहबाम मरे दाऊदको सहरको राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा अबिया राजा भए।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.