तिनले आफ्नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए। दाऊदले झिलममाथि शाऊलको तरवार बाँधे र हिँड्ने चेष्टा गरे तर सकेनन् किनभने तिनलाई ती कुराहरू पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यी सबै लाएर लडाइँ गर्न सक्दिनँ। मलाई यस्तो बानी छैन।” तिनले कवच खोले। तिनले आफ्नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू टिपेर आफ्नो झोलामा हाले। आफ्नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्न हिंडे।
१ शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 17:38-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू