१ शमूएल 17:38-40
१ शमूएल 17:38-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए। दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए। तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।
१ शमूएल 17:38-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब शाऊलले दाऊदलाई आफ्नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए। त्यसपछि दाऊदले आफ्नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले। त्यसपछि तिनले आफ्नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गा छाने, र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीसँग लड्नलाई गए।
१ शमूएल 17:38-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए। दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए। तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।
१ शमूएल 17:38-40 पवित्र बाइबल (NERV)
शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन। दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
१ शमूएल 17:38-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनले आफ्नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए। दाऊदले झिलममाथि शाऊलको तरवार बाँधे र हिँड्ने चेष्टा गरे तर सकेनन् किनभने तिनलाई ती कुराहरू पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यी सबै लाएर लडाइँ गर्न सक्दिनँ। मलाई यस्तो बानी छैन।” तिनले कवच खोले। तिनले आफ्नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू टिपेर आफ्नो झोलामा हाले। आफ्नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्न हिंडे।