YouVersion लोगो
खोज आइकन

१ शमूएल 16:6-14

१ शमूएल 16:6-14 सरल नेपाली

जब तिनीहरू आइपुगे, शमूएलले यिशैको छोरो एलीआबलाई देखेर मनमा भने, “परमप्रभुको सामुन्‍ने त्‍यहाँ खडा रहने त्यो मानिसलाई अवश्‍य नै उहाँले चुन्‍नुभएको छ।” तर परमप्रभुले उनलाई भन्‍नुभयो, “त्‍यो कति अग्‍लो र सुन्‍दर छ भनी ध्‍यान नदे। मैले त्‍यसलाई इन्‍कार गरेको छु किनभने म मानिसले जस्‍तै विचार गर्दिनँ। मानिसले बाहिरी अनुहारलाई हेर्छ, म भित्री हृदयलाई हेर्छु।” तब यिशैले आफ्‍नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्‍याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन।” तब यिशैले शम्‍मालाई ल्‍याए। “यसलाई पनि परमप्रभुले चुन्‍नुभएको छैन,” शमूएलले भने। यस प्रकारले यिशैले आफ्‍ना सात छोराहरू शमूएलकहाँ ल्‍याए र शमूएलले तिनलाई भने, “अँहँ, परमप्रभुले यीमध्‍ये कसैलाई पनि चुन्‍नुभएको छैन।” अन्‍त्यमा तिनले यिशैलाई सोधे, “तिम्रा अरू कोही छोरा छन्?” यिशैले उत्तर दिए, “अझै कान्‍छोचाहिँ छ; तर त्‍यो भेडा चराउन गएको छ।” शमूएलले भने, “त्‍यसलाई यहाँ बोलाओ। त्‍यो नआएसम्‍म हामी बलिदान चढाउनेछैनौं।” यसर्थ यिशैले तिनलाई बोलाउन पठाए। तिनी एक सुन्‍दर र स्‍वस्‍थ केटा थिए र तिनका आँखा चम्‍किला उज्‍ज्‍वल थिए। परमप्रभुले शमूएललाई भन्‍नुभयो, “व्‍यक्ति यही हो, त्‍यसलाई अभिषेक गर्‌!” शमूएलले जैतुनको तेल लिएर दाऊदलाई तिनका दाजुहरूका सामुन्‍नेमा अभिषेक गरे। तुरुन्‍तै परमप्रभुको आत्‍माले दाऊदलाई आफ्‍ना अधीनमा लिनुभयो र त्‍यस दिनदेखि रामामा फर्के। परमप्रभुको आत्‍माले शाऊललाई त्‍याग्‍नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्‍ट आत्‍माले तिनलाई सताउँथ्‍यो।

१ शमूएल 16 पढ्नुहोस्