YouVersion लोगो
खोज आइकन

१ शमूएल 1:21-28

१ शमूएल 1:21-28 सरल नेपाली

एल्‍काना र तिनको परिवार शीलोमा गई हरेक वर्ष परमप्रभुलाई बलिदान चढाउने समय आइपुग्‍यो र उनले विशेष बलिदान चढाउने प्रतिज्ञा गरेका थिए। तर यसपालि हन्‍नाह साथमा गइनन्। तिनले लोग्‍नेलाई भनिन्, “बालकले दूध खान छोडेपछि म त्‍यसलाई परमप्रभुको भवनमा लैजानेछु र त्‍यो त्‍यहाँ आफ्‍नो जीवनभरि रहनेछ।” एल्‍कानाले जवाफ दिए, “हुन्‍छ, जे तिमीले असल ठान्‍छ्यौ, त्‍यही गर। बालकले दूध खान नछोडेसम्‍म घरै बस। परमप्रभुले तिम्रो प्रतिज्ञा पूरा गराऊन्।” यसकारण हन्‍नाहले घरमा नै बसेर आफ्‍नो छोरा स्‍याहारिन्। बालकलाई दूध छुटाएपछि तिनले शीलोमा लगिन्। साथै तिनले एउटा तीन वर्षको साँढे, दश किलोग्राम पीठो र मद्यले भरिएको एउटा छालाको मशक पनि लगिन्। सानो शमूएललाई तिनले परमप्रभुको भवन शीलोमा लगिन्। साँढेलाई मारिसकेपछि तिनीहरूले बालकलाई एलीकहाँ लगे। हन्‍नाहले उनलाई भनिन्, “हजुर, के तपाईंलाई मेरो याद छ? तपाईंले देख्‍नुभएको यहाँ खडा भएर परमप्रभुलाई प्रार्थना गरिरहेकी स्‍त्री म नै हुँ। मैले उहाँसँग यो बालक मागेकी थिएँ र मेरो बिन्‍तीअनुसार उहाँले मलाई दिनुभयो। यसकारण म त्‍यसलाई परमप्रभुकहाँ अर्पण गर्दै छु। यसको जीवनभरि त्‍यो परमप्रभुको भइरहनेछ।” तिनीहरूले त्‍यसपछि त्‍यहाँ परमप्रभुको आराधना गरे।

१ शमूएल 1 पढ्नुहोस्