“होइन, म मातेकी छैनँ हजुर!” तिनले भनिन्, “मैले मद्य पिएकी छैनँ। म हताश भएकी छु र परमप्रभुको अघि आफ्ना दु:ख पोखाउँदै प्रार्थना गरिरहेकी छु। मलाई व्यर्थकी स्त्री नठान्नुहोस्। म अत्यन्त दु:खित छु र यसरी प्रार्थना गरिरहेकी छु।” एलीले भने, “शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिमीले उहाँलाई मागेको कुरा तिमीलाई देऊन्।” तिनले उत्तर दिइन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” तब तिनी गइन् र केही खाना खाइन् अनि अफसोस गर्न छोडिन्। भोलिपल्ट एल्काना र तिनको परिवार बिहान सबेरै उठे र परमप्रभुको आराधना गरेर आफ्नो घरतिर रामामा गए। एल्कानाले आफ्नी स्वास्नी हन्नाहसित सहवास गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।
१ शमूएल 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 1:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू