YouVersion लोगो
खोज आइकन

१ शमूएल 1:15-19

१ शमूएल 1:15-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनले जवाफ दिइन्, “यस्‍तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्‍त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु। हजूर, मलाई यस्‍तो नीच नठान्‍नुहोला। मेरो दु:ख र कष्‍ट ज्‍यादा भएको कारण म प्रार्थना गरिरहिछु।” एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।” हन्‍नाहले भनिन्, “म तपाईंको दयाको योग्‍य हुन सकूँ।” त्‍यसपछि तिनी गइन्‌ र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्‌। भोलिपल्‍ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्‍डवत्‌ गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, र परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो।

शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्

१ शमूएल 1:15-19 पवित्र बाइबल (NERV)

हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ। तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।” एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।” हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्। भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।

शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्

१ शमूएल 1:15-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“होइन, म मातेकी छैनँ हजुर!” तिनले भनिन्, “मैले मद्य पिएकी छैनँ। म हताश भएकी छु र परमप्रभुको अघि आफ्‍ना दु:ख पोखाउँदै प्रार्थना गरिरहेकी छु। मलाई व्‍यर्थकी स्‍त्री नठान्‍नुहोस्। म अत्‍यन्‍त दु:खित छु र यसरी प्रार्थना गरिरहेकी छु।” एलीले भने, “शान्‍तिसित जाऊ। इस्राएलका परमेश्‍वरले तिमीले उहाँलाई मागेको कुरा तिमीलाई देऊन्।” तिनले उत्तर दिइन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” तब तिनी गइन् र केही खाना खाइन् अनि अफसोस गर्न छोडिन्। भोलिपल्‍ट एल्‍काना र तिनको परिवार बिहान सबेरै उठे र परमप्रभुको आराधना गरेर आफ्‍नो घरतिर रामामा गए। एल्‍कानाले आफ्‍नी स्‍वास्‍नी हन्‍नाहसित सहवास गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।

शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्