तिनले जवाफ दिइन्, “यस्तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु। हजूर, मलाई यस्तो नीच नठान्नुहोला। मेरो दु:ख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहिछु।” एलीले भने, “शान्तिसित जाऊ, अनि इस्राएलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।” हन्नाहले भनिन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्। भोलिपल्ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्डवत् गरेर आफ्नो घर रामामा फर्के। आफ्नी पत्नी हन्नाहसित एल्कानाको सहवास भयो, र परमप्रभुले हन्नाहलाई सम्झनुभयो।
१ शमूएल 1 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 1:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू