YouVersion लोगो
खोज आइकन

१ पत्रुस 2:4-10

१ पत्रुस 2:4-10 सरल नेपाली

प्रभुकहाँ आओ। उहाँ मानिसले काम नलाग्‍ने भनी पन्‍छाएको तर परमेश्‍वरले रोज्‍नुभएको अनमोल जीवित पत्थर हुनुहुन्‍छ। तिमीहरू पनि जिउँदा ढुङ्गाहरू भएर आओ र आत्‍मिक मन्‍दिर बनाउन आफैंलाई सुम्‍पिदेओ। त्‍यहाँ तिमीहरू येशू ख्रीष्‍टको नाताले गर्दा परमेश्‍वरलाई मनपर्दो आत्‍मिक बलिदान चढाउने पवित्र पूजाहारीको काम गर्नेछौ। धर्मशास्‍त्रले भन्‍छ, “हेर! मैले छानेको धेरै मोलको मूल ढुङ्गा सियोनमा राखेको छु। उहाँमा विश्‍वास गर्ने कहिल्‍यै निराशामापर्नेछैन।” विश्‍वास गर्ने तिमीहरूको लागि यो ढुङ्गा अनमोल हो। विश्‍वास नगर्नेको लागि त यो ढुङ्गो यस्‍तो छ, “डकर्मीहरूले काम लाग्‍दैन भनेको ढुङ्गा मूल-ढुङ्गा भयो। धर्मशास्‍त्रले भन्‍छ, “यही नै मानिसहरूलाई ठेस लाग्‍ने ढुङ्गा हो। यही पत्‍थरले गर्दा धेरै जना लड्‍नेछन्। परमेश्‍वरको वचन तिनीहरूले विश्‍वास नगरेकाले ठेस खानेछन्। तिनीहरूको निम्‍ति यस्‍तै तोकिएको थियो। तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्‍धकारबाट अचम्‍मको उज्‍यालोमा ल्‍याउनुहुने परमेश्‍वरका आफ्‍नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्‍नुभएको हो। पहिले त तिमीहरू परमेश्‍वरका प्रजा थिएनौ। तर अहिले परमेश्‍वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्‍वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ।

१ पत्रुस 2 पढ्नुहोस्