YouVersion लोगो
खोज आइकन

१ पत्रुस 2:4-10

१ पत्रुस 2:4-10 NNRV

उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ। तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ। किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।” यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।” र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो। तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।