YouVersion लोगो
खोज आइकन

१ राजा 8:54-57

१ राजा 8:54-57 सरल नेपाली

सोलोमनले परमप्रभुलाई अर्जबिन्‍ती गरिसकेपछि आफ्‍ना हात उचालेर घुँडा टेकी वेदीको सामुन्‍ने तिनी खडा भए। सोर उचालेर तिनले त्‍यहाँ भेला भएका सबै मानिसहरूमाथि परमेश्‍वरको आशीर्वाद मागेर बिन्‍ती गरे। तिनले भने, “परमप्रभुको प्रशंसा गर, जसले आफ्‍नो प्रतिज्ञाअनुसार आफ्‍ना प्रजालाई शान्‍ति दिनुभएको छ। आफ्‍नो सेवक मोशाद्वारा ठूलो मनले दिनुभएको सबै प्रतिज्ञाहरू उहाँले पूरा गर्नुभएको छ। परमप्रभु हाम्रा परमेश्‍वर हामीसित हाम्रा पुर्खाहरूसित झैँ रहनुभएको होस्। उहाँले कहिल्‍यै हामीलाई नछोड्नुभएको होस् वा नत्‍याग्‍नुभएको होस्।

१ राजा 8 पढ्नुहोस्