१ राजाहरू 8:54-57
१ राजाहरू 8:54-57 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब सोलोमनले परमप्रभुमा यी प्रार्थना र नम्र-निवेदन गरिसिद्ध्याए, तब तिनी परमप्रभुका वेदीको अगिबाट उठे, जहाँ तिनी स्वर्गतिर आफ्ना हात उठाएर घुँड़ा टेकेका थिए। तिनी खड़ा भए र ठूलो सोरले यसो भन्दै इस्राएलका सबै समुदायलाई आशीर्वाद दिए: “आफ्नो प्रजा इस्राएललाई आफूले प्रतिज्ञा गर्नुभएबमोजिम विश्राम दिनुहुने परमप्रभुलाई प्रशंसा होस्। आफ्ना दास मोशाद्वारा गर्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन। हाम्रा पुर्खाहरूका साथमा हुनुभएझैँ परमप्रभु हाम्रा परमेश्वर हामीसँग होऊन्। उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून्।
१ राजाहरू 8:54-57 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब सोलोमनले याहवेहलाई यो प्रार्थना र अर्जबिन्ती गरिसके, तब तिनी याहवेहको वेदीको सामुबाट उठे, जहाँ तिनी घुँडा टेकेर स्वर्गतिर हात फैलाएर बसेका थिए। तिनी खडा भए, र इस्राएलका सारा समुदायलाई चर्को सोरले यसो भनेर आशीर्वाद दिए: “याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्। याहवेह हाम्रा परमेश्वर हाम्रा पितापुर्खाहरूसित रहनुभएझैँ हामीसित पनि रहून्। उहाँले हामीलाई कहिल्यै नछोडून्, र हामीलाई नत्यागून्।
१ राजाहरू 8:54-57 पवित्र बाइबल (NERV)
सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए। तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ! म प्रार्थनागर्छु, परमेश्वर सधैँ हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोड्नुहुनेछैन।
१ राजाहरू 8:54-57 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमनले परमप्रभुलाई अर्जबिन्ती गरिसकेपछि आफ्ना हात उचालेर घुँडा टेकी वेदीको सामुन्ने तिनी खडा भए। सोर उचालेर तिनले त्यहाँ भेला भएका सबै मानिसहरूमाथि परमेश्वरको आशीर्वाद मागेर बिन्ती गरे। तिनले भने, “परमप्रभुको प्रशंसा गर, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना प्रजालाई शान्ति दिनुभएको छ। आफ्नो सेवक मोशाद्वारा ठूलो मनले दिनुभएको सबै प्रतिज्ञाहरू उहाँले पूरा गर्नुभएको छ। परमप्रभु हाम्रा परमेश्वर हामीसित हाम्रा पुर्खाहरूसित झैँ रहनुभएको होस्। उहाँले कहिल्यै हामीलाई नछोड्नुभएको होस् वा नत्याग्नुभएको होस्।