तब परमप्रभुले तिश्बीका अगमवक्ता एलियालाई भन्नुभयो, “सामरियाका आहाब राजाकहाँ जा। त्यसलाई नाबोतको दाखबारीमा भेट्। त्यसले दाखबारी आफ्नो अधिकारमा लिन आँटेको छ। म परमप्रभु त्यसलाई यसो भन्दै छु भनी सुनाइदे ‘नाबोतको हत्या गरेर अब त्यसको जमिन पनि लिन खोज्दै छस्? नाबोतको रगत जुन-जुन ठाउँमा कुकुरहरूले चाटेका छन्, त्यस-त्यस ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्।” एलियालाई देखेर आहाबले भने, “ए मेरो शत्रु, तिमीले मलाई भेट्टाइहाल्यौ नि?” एलियाले उत्तर दिए, “हो, भेट्टाएँ। परमप्रभुको दृष्टिमा जे कुरा खराब छन्, त्यही कुराहरू गर्न तपाईंले आफैंलाई बेचिसक्नुभएको छ।
१ राजा 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 21:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू