YouVersion लोगो
खोज आइकन

१ राजाहरू 21:17-20

१ राजाहरू 21:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब परमप्रभुको यो वचन तिश्‍बी एलियाकहाँ आयो: “सामरियामा शासन गर्ने इस्राएलको राजा आहाबलाई भेट गर्न तल जा। नाबोतको दाखबारीमा अधिकार गर्न त्‍यो त्‍यहाँ गएको छ। त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: के तैंले एक जना मानिसको हत्‍या गरेर त्‍यसको सम्‍पत्ति कब्‍जा गरेको छैनस्‌ र?’ तब त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्‌नेछन्‌— हो, तेरै रगत’!” आहाबले एलियालाई भने, “ए मेरो शत्रु, तैंले मलाई फेला पारिस्‌ त?” तिनले जवाफ दिए, “हो, मैले तँलाई फेला पारें, किनभने तैंले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यो गर्न आफैलाई बेचिस्‌।

शेयर गर्नुहोस्
१ राजाहरू 21 पढ्नुहोस्

१ राजाहरू 21:17-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो: “सामरियामा राज्य गर्ने इस्राएलका राजा आहाबकहाँ जानू। त्यो अहिले नाबोतको दाखबारीमाथि अधिकार गर्नलाई त्यहीँ गएको छ। त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ” आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाइस्?” तिनले जवाफ दिए, “मैले तपाईंलाई भेट्टाएँ; किनकि याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई तपाईंले आफैँलाई बेच्नुभयो।

शेयर गर्नुहोस्
१ राजाहरू 21 पढ्नुहोस्

१ राजाहरू 21:17-20 पवित्र बाइबल (NERV)

त्यस समयमा परमप्रभुले एलियासँग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।) “इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ। आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।’” यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्‌यौ।” एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो।

शेयर गर्नुहोस्
१ राजाहरू 21 पढ्नुहोस्

१ राजाहरू 21:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब परमप्रभुले तिश्‍बीका अगमवक्ता एलियालाई भन्‍नुभयो, “सामरियाका आहाब राजाकहाँ जा। त्‍यसलाई नाबोतको दाखबारीमा भेट्‍। त्‍यसले दाखबारी आफ्‍नो अधिकारमा लिन आँटेको छ। म परमप्रभु त्‍यसलाई यसो भन्‍दै छु भनी सुनाइदे ‘नाबोतको हत्‍या गरेर अब त्‍यसको जमिन पनि लिन खोज्‍दै छस्? नाबोतको रगत जुन-जुन ठाउँमा कुकुरहरूले चाटेका छन्, त्‍यस-त्‍यस ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्‍नेछन्।” एलियालाई देखेर आहाबले भने, “ए मेरो शत्रु, तिमीले मलाई भेट्टाइहाल्‍यौ नि?” एलियाले उत्तर दिए, “हो, भेट्टाएँ। परमप्रभुको दृष्‍टिमा जे कुरा खराब छन्, त्‍यही कुराहरू गर्न तपाईंले आफैंलाई बेचिसक्‍नुभएको छ।

शेयर गर्नुहोस्
१ राजाहरू 21 पढ्नुहोस्