YouVersion लोगो
खोज आइकन

१ राजा 18:41-44

१ राजा 18:41-44 सरल नेपाली

त्‍यसपछि एलियाले आहाब राजालाई भने, “अब गएर भान्‍सा गर्नुहोस्। मैले भारी वर्षा आइरहेको आवाज सुन्‍दै छु।” आहाब खान गएको बेलामा एलिया कर्मेल डाँडाको टुप्‍पोमा चढे र त्‍यहाँ भूइँमा घोप्‍टिएर आफ्‍ना दुई घुँडाका बीचमा टाउको हाले। तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” चाकर गयो र यसो भन्‍दै फर्क्‍यो, “मैले केही पनि देखिनँ।” सात पल्‍ट एलियाले त्‍यसलाई त्‍यसरी गएर हेर्न लाए। सातौँ खेपमा त्‍यो फर्केर आई भन्‍यो, “मान्‍छेको हातजत्रो बादलको टुक्रा समुद्रबाट आइरहेको म देख्‍दै छु।” एलियाले आफ्‍नो चाकरलाई आज्ञा गरे, “आहाब राजाकहाँ गएर भन् कि पानीले तिनलाई रोक्‍नुभन्दा अघि नै तिनी आफ्‍नो रथमा चढेर गइहालून्।”

१ राजा 18 पढ्नुहोस्