१ राजाहरू 18:41-44
१ राजाहरू 18:41-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्दैछु।” तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्यहाँ तिनले भूइँमा निहुरेर आफ्नो टाउको घुँड़ाहरूका बीचमा राखे। तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” त्यसले गएर हेर्यो। त्यसले भन्यो, “त्यहाँ केही छैन।” एलियाले सात पल्ट त्यसलाई “गएर हेर्” भने। सातौँ पल्टमा चाकरले भन्यो, “मान्छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्दैछ।” तब एलियाले त्यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्नेछ’।”
१ राजाहरू 18:41-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि एलियाले आहाबलाई भने, “गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।” यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे। तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।” अनि त्यो माथि गयो, र हेरेर भन्यो, “त्यहाँ केही पनि छैन।” एलियाले त्यसलाई सात पटक “फेरि फर्केर जा” भने। सातौँ पटकमा त्यस सेवकले “कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ” भन्ने खबर दियो। यसकारण एलियाले त्यसलाई भने, “गएर आहाबलाई भनिदे, ‘वर्षाले तपाईंलाई रोक्नुभन्दा पहिले आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्।’ ”
१ राजाहरू 18:41-44 पवित्र बाइबल (NERV)
तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।” यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे। तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।” सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो। सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।” एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”
१ राजाहरू 18:41-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि एलियाले आहाब राजालाई भने, “अब गएर भान्सा गर्नुहोस्। मैले भारी वर्षा आइरहेको आवाज सुन्दै छु।” आहाब खान गएको बेलामा एलिया कर्मेल डाँडाको टुप्पोमा चढे र त्यहाँ भूइँमा घोप्टिएर आफ्ना दुई घुँडाका बीचमा टाउको हाले। तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” चाकर गयो र यसो भन्दै फर्क्यो, “मैले केही पनि देखिनँ।” सात पल्ट एलियाले त्यसलाई त्यसरी गएर हेर्न लाए। सातौँ खेपमा त्यो फर्केर आई भन्यो, “मान्छेको हातजत्रो बादलको टुक्रा समुद्रबाट आइरहेको म देख्दै छु।” एलियाले आफ्नो चाकरलाई आज्ञा गरे, “आहाब राजाकहाँ गएर भन् कि पानीले तिनलाई रोक्नुभन्दा अघि नै तिनी आफ्नो रथमा चढेर गइहालून्।”