अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “जीवित परमप्रभु इस्राएलका परमेश्वर, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु कि मेरो वचनबिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न त केही पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोडेर पूर्वपट्टि जा र यर्दन नदीको पूर्वमा भएको करीत खोलामा लुकेर बस्। त्यस खोलाले तँलाई पिउने पानी दिनेछ र मैले कागहरूलाई तँलाई त्यहाँ खाना पुर्याइदिने आज्ञा दिएको छु।” परमप्रभुको आज्ञापालन गरेर एलिया करीत खोलामा गए र त्यहाँ खोलाको छेउमा बास बस्न थाले। उनले खोलाको पानी पिउँथे र बिहान र बेलुका सधैँ कागहरूले उनलाई रोटी र मासु ल्याइदिन्थे। पानी नपरेको हुनाले केही समयपछि त्यो खोला सुक्यो।
१ राजा 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 17:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू