YouVersion लोगो
खोज आइकन

१ राजाहरू 17:1-7

१ राजाहरू 17:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।” तब परमप्रभुको यो वचन एलियाकहाँ आयो: “यो ठाउँ छोड़ेर पूर्वतिर लाग्, र यर्दनको पूर्वतिर भएको करीतको खोल्‍सामा गएर लुकिबस्‌। तैंले खोलाको पानी पिउनू, र तँलाई त्‍यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।” यसैले परमप्रभुले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्‍सामा गएर बसे। त्‍यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्‍याइदिए, र तिनले खोलाको पानी पिए। केही समयपछि देशमा पानी नपरेकोले त्‍यो खोलाको पानी सुक्‍यो।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्

१ राजाहरू 17:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्‍वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।” तब याहवेहको वचन एलियाकहाँ आयो: “यो ठाउँ छोडेर पूर्वपट्टि लाग्, र यर्दनको पूर्वपट्टि भएको करीतको खोल्सामा गएर लुकेर बस्। तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।” यसकारण याहवेहले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे। कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे। केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्

१ राजाहरू 17:1-7 पवित्र बाइबल (NERV)

एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको साँघुरो घाँटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ। तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।” यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए। कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये। पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्

१ राजाहरू 17:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “जीवित परमप्रभु इस्राएलका परमेश्‍वर, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म भन्‍दछु कि मेरो वचनबिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न त केही पानी पर्नेछ।” तब परमप्रभुले एलियालाई भन्‍नुभयो, “यो ठाउँ छोडेर पूर्वपट्टि जा र यर्दन नदीको पूर्वमा भएको करीत खोलामा लुकेर बस्। त्‍यस खोलाले तँलाई पिउने पानी दिनेछ र मैले कागहरूलाई तँलाई त्‍यहाँ खाना पुर्‍याइदिने आज्ञा दिएको छु।” परमप्रभुको आज्ञापालन गरेर एलिया करीत खोलामा गए र त्‍यहाँ खोलाको छेउमा बास बस्‍न थाले। उनले खोलाको पानी पिउँथे र बिहान र बेलुका सधैँ कागहरूले उनलाई रोटी र मासु ल्‍याइदिन्‍थे। पानी नपरेको हुनाले केही समयपछि त्‍यो खोला सुक्‍यो।

शेयर गर्नुहोस्
१ राजाहरू 17 पढ्नुहोस्